spot_img
spot_img
spot_img

युक्रेनको कब्जामा रहेका पाँच नेपाली सकुशल रहेको परराष्ट्र मन्त्रालयको पुष्टि

spot_img

काठमाण्डौ ।

रुसी सेनामा भर्ति भई युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा रहेका पाँच जना नेपाली सकुशल रहेको पराराष्ट्र मन्त्रालयले जनाएको छ । युक्रेन सरकारका प्रतिनिधिहरूसंग परराष्ट्र मन्त्रालयले गरेको समन्वयमा पाँच जना नेपाली युवा सकुशल रहेको पराराष्ट्र मन्त्रालयले पुष्टी गरेको हो ।

युक्रेनी सेनाको कब्जामा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन र गोरखाका ईश्वर लामिछाने रहेका छन् । ती पाँचै जनाले युक्रेनबाट रिहा भएर रुस जाने र सैन्य सम्झौता रद्द गरेर नेपाल फर्कने वाचा गरेको युक्रेनका सरकारी प्रतिनिधिले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै जानकारी गराएको पनि मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img