रुपन्देही ।
रुपन्देहीको देवदह नगरपालिकामा उपमेयर कप भलिबल प्रतियोगिता हुने भएको छ । आईतबार देवदहमा पत्रकार भेटघाट गर्दै नगर खेलकुद विकास समितिले सोमबारदेखि दोस्रो उपमेयर कप छात्रा भलिबल प्रतियोगिता गर्न लागेको जनाएको हो ।
प्रतियोगिता देवदह नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा देवदह ५ स्थित पानबारी खेलमैदानमा भोलीबाट सुरु हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेले दोस्रो उपमेयर कप छात्रा भलिबल प्रतियोगिता सम्पुर्ण तयारी पुरा भएको बताउनुभयो ।प्रतियोगितामा नगर भित्र रहेका १६ विद्यालयका छात्राहरुको टिमको सहभागिता रहेको उहाले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेले ४० हजार नगद , शिल्ड मेडल र प्रमाणपत्र , द्वितीय हुनेले ३० हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ र तृतीय हुनेले २० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने सान्त्वना हुनेले १० हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने नगर खेलकुद विकास समितिले जनाएको छ। साथै विधागत पुरस्कार समेत रहेको जनाएको छ ।
देवदह नगरपालिकाको कुल ४ लाख पचास हजार बजेटमा संचालन हुन लागेको खेल फागुन २१ गतेदेखि २३ सम्म ३ दिन संचालन हुनेछ । प्रतियोगिताको पहिलो खेल भोली सगरमाथा आवासिय मा.वि र एशियन लाईट स्कुल बिच हुने आयोजकले जनाएको छ ।