spot_img
spot_img
spot_img

हैटीको जेलमा सशस्त्र समूहको आक्रमण, १२ जनाको ज्यान गयो

spot_img

एजेन्सी ।

हैटीमा सशस्त्र समूहले जेलमा आक्रमण गरी झण्डै ४ हजार जना कैदीलाई भगाएको छ । घटनामा १२ जनाको ज्यान गएको र झण्डै चार हजार जना कैदीहरु भागेको हैटी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जेलबाट भाग्नेहरुमा सन् २०२१ म तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्यामा संलग्न रहेको अभियोगमा दोषी ठहर भइ सजाय काटिरहेकाहरु पनि रहेको बीबीसीको खबरमा उल्लेख छ ।

सशस्त्र समूहका नेताले हैटीका प्रधानमन्त्री एरिअल हेनरीलाई सत्ताच्युत गर्न आक्रमण गरेको बताएका छन् । सशस्त्र समूहले देशको राजधानीको ८० प्रतिशत भूभाग कब्जा गरेको दाबी गरेको छ।

पहिले भएको एउटा राजनीतिक सहमति अनुसार प्रधानमन्त्री हेनरीले फेब्रुअरी ७ सम्म पद छोड्नुपर्ने तथा चुनाव गर्नुपर्ने उल्लेख थियो । सहमति पालना नभएपछि विद्रोहको घटना बढेको बताइन्छ । सन् २०२० देखि गृहयुद्ध हुँदै आएको हैटीमा हजारौँले ज्यान गुमाइसकेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img