बुटवल ।
रुपन्देहीको देवदहमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न भएको छ । देवदह नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र, बनेपाको संयुक्त आयोजनामा र अपाङ्ग समाज सेवा केन्द्रको समन्वयमा उक्त शिविर सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको प्रमुख ध्रुव प्रसाद खरेलले फरक क्षेमता भएकाहरुको स्वास्थ्य परिक्षणका लागि शिविर आयोजना गाएको बताउनुभयो ।
उहाले असक्त, असहाय नागरिकको समस्या बाहिर ल्याउन सञ्चारकर्मीको महत्त्वपूर्ण भुमिका रहनेमा जोड दिनुभयो। उहाले यस्ता कार्यक्रम सहर भन्दा गाउँ ठाउमा शिविर सञ्चालन गर्दा फरक क्षेमता भएका नागरिकले सजिलरी सेवा लिन पाउने बताउनुभयो । नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका वडा नं ६ का वडा अध्यक्ष खेम बहादुर थापा लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।
शिविरमा देवदह नगरपालिकाका ५४ जनाको चेक जाच गरिएको थियो। जस मध्ये सायक सामाग्री नापजाँच ५ जना भएकाे र बैसाखी २ जाेर वितरण , वाकर ३ थान वितरण र ह्विवचियर १ थान वितरण गरिएको नगरपालिकाले जनाएको छ। कार्यक्रम अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रका सिनियर सुपरभाइजर शालिकराम तिमिल्सिनाको स्वागत र देवदह नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ईन्दिरा भुषालको सञ्चालनमा भएको थियो।