बुटवल ।
एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल नियुक्त भएका छन । संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा महेश बर्तौला र सुनिता बराललाई मनोनयन गरेका हुन् । प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि यसअघिका सचेतक बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरिएको हो । सचेतक बनेकी बराल समानुपातिक सांसद हुन्। बर्तौला मकवानपुर-२ बाट प्रत्यक्ष निर्वाचित भएर आएका सांसद हुन् ।
प्रमुख सचेतक बनेका बर्तौला र सचेतक बराल दुवैजना अनेरास्ववियुको राजनीति गरेर आएका युवा नेता हुन् । नविना लामा अध्यक्ष भएको बेला दुवैजना अनेरास्ववियुको उपाध्यक्ष थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??