काठमाडौं ।
साताको अन्तिम कारोबारको दिन आज बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएको छ । दिनभरको उतार चढावका बीच नेप्से १३ अंकले बढेर २ हजारमा बन्द भएको हो ।
नेप्सेमा सूचिकृत १३ वटा उपसमूह मध्ये बिहीबार जलविद्युत र निर्जीवन बीमा उपसमूहमा १ प्रतिशतको वृद्धि आएको छ भने लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूह पनि बढेका छन्। म्युचल फण्ड, व्यापार र होटल तथा टुरिजम उपसमूह भने घटेका छन् । बिहीबार १ सय ७६ वटा कम्पनीको शेयरमूल्य वृद्धि हुदा ५९ कम्पनीको घटेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??