spot_img
spot_img
spot_img

आज ११४औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

spot_img

काठमाण्डौ ।

आज अन्तर्राष्ट्रिय महिला दिवस ।  मार्च ८ तारिखमा मनाईने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज नेपाललगायत विश्वभरी नै मनाइँदैछ । सन् १९११ देखि मनाउन शुरु गरिएको अन्तर्राष्ट्रिय नारी दिवसले ११४ वर्ष पुरा गरिसकेको छ । सर्वप्रथम सन् १९०९ को २८ फेब्रुअरीमा संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले नारी दिवस मनाएको थियो ।

यसपछि सन् १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसले अन्तर्राष्ट्रीय दिवसको मान्यता पाएपछि नारी दिवस विश्व भरी मनाउन थालिएको हो ।

यस वर्ष ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नेपालमा पनि हरेक वर्ष नारी दिवस मनाउने गरिए पनि यहाँका महिलाको अवस्थामा खासै उपलब्धि हुन सकेको भने छैन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img