काठमाण्डौ ।
बजार परिसूचक नेप्से आज मंगलबार ५८ अंकले बढ्दै २१ सय ११ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका सबै उपसूचकमा हरियाली छाएको बजारमा कारोवार रकम पनि साढे चार अर्ब बढी भएको छ । जनउत्थान लघुवित्त वित्तिय संस्था, उन्नति सहकार्य लघुवित्तलगायत पाँच कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
मंगलबार ३ सय ५ कम्पनीको १ करोड बढी कित्ता शेयर ४ अर्ब ५५ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ । आज २ सय २० कम्पनीको मूल्य बढ्दा २२ कम्पनीको भने घटेको छ । तर, उच्च अंकले घट्ने कम्पनीहरु भने छैनन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??