spot_img
spot_img
spot_img

७० वर्षदेखि ७ फिट लामो फलामे फोक्सोको साहराले बाँचिरहेका पोलियो सर्भाइभरको मृत्यु

spot_img

काठमाण्डौ ।

पोलियो पल भनेर चर्चित पल अलेक्जेन्डरको मृत्यु भएको छ । सन् १९५२ मा पोलियोको आक्रमण पछि पक्षघात भएका पल आफ्नो टाउको, घाँटी र मुख बाहेक शरीरका कुनै पनि अंग हलचल गर्न सक्दैथे । सास फेर्न समस्या भएपछि डाक्टरहरूले उनको शरीरलाई ७ फिट लामो फलामको फोक्सोभित्र राखेका थिए । यही यन्त्रको सहायताले उनी ७० वर्षदेखि बचिरहेका थिए । पलको लागि पैसा उठाइदिने गोफन्डमिले आफ्नो पेजमा मंगलबार उनको निधनको पूष्टि गरेको छ ।

पोष्टका अनुसार सोमबार पलको निधन भएको छ । ‘फलामको फोक्सोमा बाँचिरहेका पुरुष पल अलेक्जेन्डरको निधन भएको छ । बालकमै पोलियो भएका उनी ७० वर्षदेखि फलामे फोक्सोको सहायताले बाँचिरहेका थिए ।’ पोष्टमा भनिएको छ । पोलियो भएर बाँचेका कयौं बिरामीहरूमा फलामको फोक्सो जडान गरिएको थियो ।

तीमध्ये कोही पनि धेरै बाँचेनन् । तर पल भने दशकौं बाँचे। यस अवधिमा पल कलेज गए, वकिल भए अनि पुस्तक पनि निकाले । पलको नाम गिनिज वल्र्ड रेकर्डमा पनि दर्ता छ ।

एजेन्सीको सहयोगमा

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img