spot_img
spot_img
spot_img

कञ्चन ५ मा वडा स्तरिय फुटबल प्रतियोगिता शुरु

spot_img

कञ्चन।

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ५ मा वडा स्तरिय फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ। स्मृति जागरण सामुदायिक महिला समूह, कञ्चन ५ गौडी भैसाहीको आयोजना तथा साधना युवा क्लव, कञ्चन ५ गौडी भैसाहीको सहआयोजनामा शुरु भएको प्रतियोगिताका लागि कञ्चन गाउँपालिलका वडा नं. ५ को कार्यलयले आर्थिक सहयोग गरेको छ।
प्रतियोगिताको उद्घाटन वडा नं. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलले गर्नु भएको हो। आज ढावा फुटवल क्लव कञ्चन ४ र सुनगाभा फुटवल क्लव बिच भएको पहिलो उद्घाटन खेलमा ढावा फुटवल क्लव ५२ गोल अन्तरले विजयी भएकाृ छ। आजको खेलमा ढावा फुटवल क्लवका रोशन पुन म्यान अफ द म्याच बन्न सफल भएका छन।
उदघाटन सत्रमा शुभकामना मन्तब्य राख्दै कञ्चन गाउँपालिकाका कार्यपालिका सदस्य कुमारी घर्तिले युवाहरु समाज रुपान्तरणका सम्वाहक भएको उनिहरुलाई खेलकुदको माध्यमबाट पनि सामाजिक, भौतिक, सांस्कृतिक तथा आर्थिक बिकासमा उत्प्रेरणा दिएर हरेक बिकासको अगुवाइ समेत गराउन सकिने बताउनु भयो। खेलकुदले शारीरिक र मानसिक रुपमा तन्दुरुस्ती बनाउने र शारीरिक र मानसिक रुपमा स्वस्थ ब्यक्तीले मात्र समाजको सही रुपमा नेतृत्व गर्न सक्ने बिश्वस समेत कार्यपालिका सदस्य घर्ति मगरले बताउनु भयो।
स्मृति जागरण सामुदायिक महिला समूहका अध्यक्ष पुर्णकला पुनको अध्यक्षतामा शुरु भएको प्रतियोगितामा स्वतन्त्र पार्टीका प्रेमचन्द्र पोख्रेल र राष्ट्रिय जनमोर्चाका लिलाराम खनालले पनि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।
चैत्र १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद ३५ हजार रुपैया सहित मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता टिमले नगद २० हजार रुपैया सहित मेडल र प्रमाण पत्र पाउने खेल संयोजक जिवन रोकाले जानकारी दिनु भएको छ। यस्तै बिधागत रुपमा उत्कृष्ट डिफेण्डर, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको ब्यबस्था गरिएको आयोजकले जनाएको छ।
साधना युवा क्लवका अध्यक्ष विनाराम खडकाको स्वागत तथा खेल संयोजक जिवन रोकाको संचालनमा शुरु भएको प्रतियोगितामा कञ्चन गाउँपालिकाका १५ फुटवल टिमले प्रतिस्पर्धा गर्ने छन भने प्रतियोगिता दुर्गा मन्दिरको खेल मैदान गौडी भैसाहीमा संचालन भइरहेको छ।
भोली प्रतियोगिताको दोश्रो दिनको पहिलो खेल बगिया एफसी बि र चाँदनी युवा क्लव तथा दोश्रो खेल बगिया एफ सी र साधना युवा क्लव बिच प्रतिस्पर्धा हुने छ।
प्रतियोगिताको पुर्वसन्ध्यामा निःशुल्क सुगर परिक्षण कार्यक्रमको समेत आयोजना गरिएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img