spot_img
spot_img
spot_img

भूमध्यसागरमा डुङ्गाको इन्जिन फेल भएर फस्दा भोक र तिर्खाले ६० जनाकाे ज्यान गयाे

spot_img

एजेन्सी ।

भूमध्यसागर पार गरी अफ्रिकाबाट युरोप जाने रबरको डुङ्गामा ६० जना आप्रवासीको ज्यान गएको छ । डुङ्गामा रहेका २५ जना आप्रवासीलाई बचाइएको बीबीसीले जनाएको छ । उनीहरुलाई मानवीय सहायता उपलब्ध गराउने संस्था ‘एसओएस मेडिटेरेनियन’ को ‘ओशन भाइकिङ’ जहाजले उद्धार गरेको हो ।

उनीहरु गएको शुक्रवार लिबियाको उत्तरी तटमा रहेको जावियाबाट निस्किएका थिए । तीन दिनको यात्रापछि रबरको डुङ्गाको इन्जिन फेल भएको खबरमा उल्लेख छ। डुङ्गा समुद्रमा अड्किंदा उनीहरुसँग रहेको खाना र पानी सकिएपछि भोक र तिर्खाका कारण ६० जनाले ज्यान गुमाएका उद्धारका लागि त्यहाँ पुगेकाहरुले बताएका छन् ।

उनीहरु कसैको पनि पानीमा डुबेर ज्यान नगएको खबरमा उल्लेख छ । एसओएस मेडिटेरेनियनले दूरविनमार्फत समुद्रमा फसेको डुङ्गा देखेपछि उद्धारका लागि त्यहाँ पुगेको जनाएको  छ । उद्धार गरिएकाहरुको उपचार भइरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img