spot_img
spot_img
spot_img

च्याम्पियन्स ट्रफी : भारत पाकिस्तानमा खेल्न जानेमा आशंका

spot_img

एजेन्सी ।

सन् २०२५ को च्याम्पियन्स ट्रफी पाकिस्तानमा हुँदैछ। भारतले त्यहाँ खेल खेल्नेमा फेरि शंका उत्पन्न भएको छ। यसैबिच, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले एशिया कप जस्तै ‘हाइब्रिड मोडल’मा आयोजना गर्न सक्ने एक मिडिया रिपोर्टले दाबी गरेको छ । आईसीसी कार्यकारी बोर्डको एक स्रोतले पीटीआईलाई भने, ‘यदि भारत सरकारले टिम इन्डियालाई पाकिस्तान पठाउन चाहँदैन भने आईसीसीले त्यहाँको बोर्डलाई दबाब दिन सक्दैन। उसले विकल्प खोज्नुपर्छ ।’ अहिले आईसीसी बोर्ड सदस्यहरूको बैठक दुबईमा चलिरहेको छ । यो विषय बैठकको एजेन्डामा समावेश नभए पनि बैठकको साइडलाइनमा सदस्यहरूबिच छलफल हुन सक्नेछ।

नवनिर्वाचित पीसीबी अध्यक्ष मोहसिन नक्वीले बैठकको साइडलाइनमा बीसीसीआई सचिव जय शाह र आईसीसीका शीर्ष अधिकारीहरूसँग कुरा गरेर आश्वासन प्राप्त गर्ने प्रयास गर्ने बताएका छन्। यता आईसीसी बोर्ड सदस्यले प्रतियोगिताको मिति नजिकिएपछि मात्रै भारतीय बोर्डले निर्णय गर्ने भए पनि तर युएईमा आयोजना गर्ने सम्भावनालाई नकार्न नसकिने बताए ।

यो एसिया कप जस्तो उपमहाद्वीपीय प्रतियोगिता नभई विश्वव्यापी प्रतियोगिता भएकाले भारत सरकारले नरम रवैया अपनाउन सक्छ । एसिया कपका क्रममा भारतीय बोर्डका अध्यक्ष रोजर बिन्नी र उपाध्यक्ष राजीव शुक्ला पाकिस्तान गएका थिए । गत वर्ष पनि पाकिस्तानले एसिया कपको आयोजना गरेको थियो । त्यतिबेला पनि भारत पाकिस्तान नगएपछि ‘हाइब्रिड मोडल’मा यो प्रतियोगिता आयोजना गरिएको थियो । भारतसँगको खेल श्रीलंकामा भएको थियो । कोलम्बोमा भएको फाइनल खेलमा भारतीय टोलीले श्रीलंकालाई १० विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img