spot_img
spot_img
spot_img

प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने कानून छिटो निर्माण गर्न रास्ट्रपतिको आग्रह

spot_img

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने कानून छिटो निर्माण गर्न आग्रह गर्नुभएको छ । शहीद केशव कोईराला स्मृति प्रतिष्ठान र महिटानी नगरपालिकाको संयुक्त आयोजनामा आयोजित शहिद केशव कोईरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अधिकार सम्पन्न बनाउने कानून छिटो निर्माण गर्न आग्रह गर्दै संघ केन्द्रित अधिकार तल्लो तहमा कार्यान्वनय गर्न बाँकी रहेकोले अब विलम्व गर्नुनहुने बताउनुभयो ।

राष्ट्रपति पौडेलले व्यवस्था परिवर्तन भएपनि अझै जनताको अवस्था परिवर्तन गर्न बाँकी रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले लोकतन्त्रलाई राज्य सञ्चालनको माध्यम मात्र नबनाइ जीवनदर्शन र संस्कार बनाएर अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img