काठमाडौं ।
काठमाडौंस्थित बसन्तपुरमा आज होलीको चीर ठड्याइएको छ । बसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको झण्डै ३० फीट अग्लो चीर आइतबार बिहान ७.४७ बजेको शुभ साइतमा ठड्याइएपछि फागु (होली) पर्व शुरु भएको छ ।
फाल्गुन शुक्ल अष्टमीका दिन चीर उठाएपछि देशभर फागु पर्व शुरु भएको मानिन्छ भने पूर्णिमाको राति यो चीर ढालेर टुँडिखेलमा पुर्याइ दहन गरेपछि फागु पर्व समाप्त हुन्छ । यस वर्ष पहाडी क्षेत्रमा चैत ११ गते र तराईका जिल्लाहरुमा चैत १२ गते फागु पर्व मनाइँदैछ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??