काठमाण्डौ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले ठाडो उजुरीका भरमा संसद अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाउनुभएको छ । आज मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले कांग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी समेत गर्नुभयो । उहाँले कांग्रेसले पूरक उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताउनुभयो । उहाँले ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि कांग्रेसलाई चुनौति दिनुभयो ।
चिटिक्क परेर अनियमितता गर्ने काँग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ? भन्दै उहाँले प्रश्नसमेत गर्नुभयो । उहाँले आफूले कामबाट अहिले उठेका प्रश्नको जवाफ दिने पनि बताउनुभयो ।