spot_img
spot_img
spot_img

देशमा विभिन्न भुभागमा बर्षा

spot_img

काठमाडौं ।

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा वर्षा भईरहेको छ । बुधबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली भएको छ । कोशी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षा भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको हो ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का हिमपात समेत भइरहेको छ ।

कोशी प्रदेश, मधेश, बागमती र गण्डकी प्रदेशसहित पहाडी भूभागमा दिउँसो आंशिकदेखि साधारणतया बदली रहने छ भने यी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img