रुपन्देही ।
रुपन्देहीको देवदहमा नेकपा एमालेको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले देवदह नगर कमिटीको आयोजनामा नगर कमिटीका पदाधिकारी सदस्य एवं वडा कमिटीका पदाधिकारीहरू, नेकपा एमाले बाट निर्वाचित वडा अध्यक्षहरू र कार्यपालिका सदस्यहरूलाई पार्टीसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
नेकपा एमाले देवदह नगर कमिटीका अध्यक्ष केशवप्रसाद भट्टराईको अध्यक्षता, नेकपा एमाले रुपन्देही जिल्ला कमिटीका अध्यक्ष तेजेन्द्र केसीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले रूपन्देही जिल्ला कमिटीका सचिव तथा सङ्गठन विभाग प्रमुख यज्ञ गैरेको प्रमुख प्रशिक्षणमा पार्टीका नीति विधि सिद्धान्त पार्टीको दृष्टिकोण नगर कमिटी पदाधिकारीका काम कर्तव्य अधिकार, बैठक संचालन विधि, माइनट लेखन, शोक सभा लगायतका पार्टी बाट आयोजित कार्यक्रमको प्रभावकारी संचालन, नेकपा एमालेको बिगतको काम, भाबी रणनीति र नगर कमिटीले गर्नुपर्ने आगामी कार्ययोजना विषयमा प्रशिक्षण दिनुभएको थियो।
नेकपा एमाले रूपन्देही जिल्ला कमिटीका उपसचिव चित्रबहादुर कार्कीले पार्टी र पार्टीको तर्फबाट विभिन्न संघ संगठनमा जिम्मेवारीमा रहनुहुनेहरूले गर्नुपर्ने काम कर्तव्य खेल्नुपर्ने भूमिका, जनताको माझमा वचनबद्धता गरेका एजेन्डाहरूको कार्यनवयन, एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको काम कर्तव्य अधिकार योजना निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन लगायतको विषयमा प्रशिक्षण दिनुभएको थियो। यसैगरी नेकपा एमाले रूपन्देही जिल्ला सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख युवराज घिमिरेले पार्टीको विचार दृष्टिकोण सिद्धान्त जनताको बहुदलीय जनवाद संगठनात्मक पद्धति लगायतको विषयमा प्रशिक्षित गर्नु भएको थियो।
प्रशिक्षण कार्यक्रममा पार्टीका विभिन्न जिम्मेवारीमा रहेका करिव १५० जनाको सहभागीता रहेको थियो। प्रशिक्षण कार्यक्रममा स्वागत एवम् कार्यक्रमको उदेश्यको बारेमा नगर कमिटी उपाध्यक्ष कोष बहादुर गुरुङले स्पष्ट पार्नुभएको थियो। कार्यक्रम नगर कमिटीका सचीव गणेश डुम्रेले सञ्चालनमा सम्पन्न भएको थियो।