spot_img
spot_img
spot_img

भारतीय योगगुरु बाबा रामदेवले मागे सर्वोच्च अदालतसँग माफी

spot_img

काठमाण्डौ ।

भारतीय योगगुरु बाबा रामदेवले त्यहाँको सर्वोच्च अदालतसँग माफी मागेका छन् । पतञ्जलिको भ्रमित गराउने खालको विज्ञापन मामिलामा उनले आफ्नो गल्तीका लागि माफी मागेका हुन् । अदालतले बाबा रामदेव र आचार्य बालकृष्णलाई मार्च १९ मा हाजिर हुन आदेश दिएको थियो । अदालतले बाबा रामदेव र आचार्य बालकृष्णलाई मार्च १९ मा हाजिर हुन आदेश दिएको थियो ।

यसै मामिलामा कम्पनीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले पनि बिना सर्त अदालतसँग माफी मागेका छन् । माफीनामामा फेरि विज्ञापन प्रसारण नगर्ने वाचा पनि गरिएको छ । कम्पनीको सञ्चार विभागलाई अदालतको आदेशको जानकारी नभएको आचार्य बालकृष्णको भनाइ छ । विज्ञापनका उद्देश्य पतञ्जलिका प्रडक्टहरू उपभोग गरेर स्वस्थ जीवन जिउन नागरिकहरूलाई प्रोत्साहित गर्नु भएको उनले बताए । – एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img