spot_img
spot_img
spot_img

निर्दयी आमा : डेढ महिने छोराको गरिन् हत्या

spot_img

एजेन्सी ।

भारतको राजस्थान राज्यको जयपुरमा एक महिलाले आफ्नै डेढ महिने छोरीको हत्या गरेको तथ्य प्रकाशमा आएको छ । अन्जुम नाम गरेकी ती महिलाले नवजात शिशु (छोरा) दिनरात रोएर आफूलाई सास्ती दिएका कारण हत्या गर्नु परेको प्रहरी समक्ष बताएकी छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।

अन्जुमका अनुसार उनी एक्लै बस्दै आइरहेकी थिइन् । मार्च २ का दिन आफूले सर्जिकल ब्लेड प्रयोग गरी बच्चाको घाँटी काटेर हत्या गरेको बयान उनले प्रहरीसमक्ष दिएकी छन् ।

केही दिन यसरी भ्रमित तुल्याएकी थिइन् अन्जुमले

प्रहरीका अनुसार अन्जुमले आफ्नो छोराको हत्या गरेको केहीबेरमै हो–हल्ला गरेकी थिइन् । छोराको कसैले हत्या गरेको भन्दै उनले हार गुहार गरेपछि मानिस भेला भएका थिए ।

त्यतिबेला कसैले पनि आमाले नै छोराको हत्या गरेको हुन सक्छ भनेर शंका गरेनन् । मार्च ३ का दिन रामगंज प्रहरी थानामा पीडित परिवारको तर्फबाट जावेद खानले उजुरी दर्ता गराएका थिए । उजुरीमा घरमै सुतिरहेको अवस्थामा बच्चाको घाँटी काटिएको अवस्थामा शव फेला परेको बताइएको थियो ।

घटना भएको दिन उक्त घरको तल्लो तलामा अन्य मानिस पनि थिए । तर उक्त घटना घरको माथिल्लो तलामा भएको थियो जहाँ अन्जुममात्र बस्थिन् । त्यसपछि प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान अघि बढाएको थियो । गहन सोधपुछपछि अन्जुमले हत्या स्वीकारेको प्रहरीको भनाइ छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img