spot_img
spot_img
spot_img

जनता मा.विमा नि:शुल्क दन्त परिक्षण, १४२ जना लाभान्वित

spot_img

रुपन्देहीको देवदह ८ मा रहेको जनता माध्यमिक विद्यालयमा नि:शुल्क दन्त परिक्षण सम्पन्न भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना र विजय डेन्टल होमको प्राविधिक सहयोगमा उक्त कार्यक्रम भएको हो ।

एक दिने निशुल्क दन्त शिविरमा विद्यालयका छात्रा–छात्र,अभिभावक गरि १४२ जनाले दात चेक जाँच गराएका थिए । शिविरमा दन्त रोग, मुख तथा दाँतको हेरचाहा र हुन सक्ने स्वास्थ्य समस्याका कारण, लक्षण र उपचार विधिबारे र दाँत सम्वन्धि समस्या भएकाहरुलाई औषधी वितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरि प्रसाद पाण्डेयले विद्यार्थीमा दाँत सफाइबारे चेतना अभिवृद्धि गर्न पनि यस खालको कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाले समस्या आउँदा मात्र नभई दन्त परीक्षण समय समयमा चेकजाच गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा समाजसेवी प्रमोद खनाल, विजय डेन्टल होमका प्रोपराइटर डा.विजय अमगाई लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।

बालबालिकामा दाँत किराले खाने समस्या बढी हुने र जनचेतनाको अभाव हुदाँ स्वास्थ्य संस्था जाने बानीसमेत नहुने भएकाले सचेतनाको लागि शिविर राखिएको कार्यक्रम संयोजक एलिना हमालले बताउनुभयो।

कार्यक्रम प्रतिष्ठानको सदस्य यमकला बलालको अध्यक्षता र सदस्य मुकेश ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img