चितवन ।
चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङमा सोमबहादुर चेपाङको घरमा गएराति चट्याङ परेको थियो । चट्याङ लागेर सोमबहादुर चेपाङका श्रीमती सानुमाया चेपाङ, छोरी मनिषा र छोरा रामबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो ।
चट्याङबाट एक कोठे कच्ची घर पनि जलेर नष्ट भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??