spot_img
spot_img
spot_img

पुलिसले घर घेरेपछि भागेको चोरद्वारा डेढ घण्टापछि त्यही घरमा फर्किएर चोरी

spot_img

काठमाण्डौ ।

चोरी गर्दागर्दै छिमेकीले सूचना दिएपछि घर घेर्न प्रहरी आउनासाथ भागेको चोर करिब डेढ घण्टापछि सोही घरमा फर्किएर चोरी गरी फरार भएको छ । घटना भारतको पन्जाब राज्यको जालन्धरमा भएको हो । गुरु गोविन्द सिंह एभेन्यु क्षेत्रको एउटा घरमा चोर प्रवेश गरेको थियो । दिउँसै पर्खाल नाघेर घरमा कोही प्रवेश गरेको देखेपछि छिमेकीले प्रहरीलाई सूचना दिएका थिए ।

लगत्तै उक्त घरमा प्रहरीको एउटा टोली पुगेको थियो । तर प्रहरीकै सामु पर्खाल नाघेर चोर भाग्न सफल भयो । केहीबेरमा प्रहरी पनि त्यहाँबाट फर्किएको थियो ।

तर उक्त घटनाको करिब डेढ घण्टापछि उक्त चोर कपडा फेरेर फेरि त्यही घरमा पर्खाल नाघेर प्रवेश गरेको थियो । यतिबेला छिमेकीले चोरलाई देखे पनि पक्राउ गर्न सफल भएनन् ।

यी दुवै घटना सीसीटीभी क्यामेरामा कैद भएको छ । प्रहरीले चोर पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ। उक्त घरमा के–कति सामान चोरी भयो भन्ने खुल्न सकेको छैन ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img