spot_img
spot_img
spot_img

पाल्पामा १८ वर्षीया युवती मृत फेला

spot_img

पाल्पा ।

पाल्पाकाे ख्याहामा एक युवती मृत अवस्थामा फेला परेकी छन । पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहामा स्थानीय १८ वर्षकी पदमा सुनार विश्वकर्मा मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी छन् ।

स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीया पदमा सुनारको शव फेला परेको प्रहरीले जनाएको छ । उनको शव राति अबेरसम्म घटनास्थलमै रहेको छ । स्थानीयले हत्या भएको आशंका गरेका छन् । राति अबेरसम्म शव घटनास्थलबाट उठाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । ‘हामी घटनास्थलमै छौं,’ उनले भने, ‘सुरक्षा घेराभित्र शव रहेको छ ।’

प्रहरीले घटनास्थलको अनुसन्धान सुरु गरिसकेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । जिल्ला प्रहरी, हार्थोक प्रहरी चौकी, सर्देवा प्रहरी चौकीबाट प्रहरी खटिएर अनुसन्धान थालेको उनले बताए । किशोरीको शव क्षतविक्षत अवस्थामा रहेको स्थानीय बासिन्दा रामप्रसाद न्यौपानेले जानकारी दिए ।

किशोर बिहान कपडा धुन भन्दै लप्सीखोलामा गएकी थिइन् । घर फर्केर आउने क्रममा बीच बाटोमै घटना भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । उनको घर र कपडा धुन गएको खोला डेढ किलोमिटर टाढा पर्छ। बाटोमै रगत रहेको छ । त्यसदेखि झण्डै ५० मिटर तल्लो भागमा किशोरीको शव घोप्टो परेको अवस्थामा देखिएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए  । घटनाबारे थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img