spot_img
spot_img
spot_img

देवदह नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ को लागि पुर्व बजेट छलफल

spot_img

रुपन्देही ।

रुपन्देहीको देवदह नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि पुर्व बजेट छलफल कार्यक्रम सम्पन्न गरेको छ । देवदह नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि विनियाजन गर्ने बजेट, नीति र कार्यक्रमको बारेमा छलफल संगै सल्लाह तथा सुझाव संकलन गरेको हो। पुर्व बजेट छलफल कार्यक्रमको नेपाल सरकारका पुर्व सचिव कृष्णहरी वास्कोटाले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण गर्दै पुर्व अर्थसचिव वास्कोटाले कानुन र स्थानीय आवश्यकतालाई आधार मानेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाले वडालाई दिने सिलिङ्ग कानुनी हिसावले गलत रहेकोले सिलिङ्गको माध्यमबाट होईन नगरमा गठन भएका विषयगत समितिको माध्यमबाट बजेट विनियोजन गर्न सकेमात्र नगरलाई समृद्धि तर्फ लैजान सकिनेमाजोड दिनु भयो । उहाँले नगरले ५ बर्षे योजना निर्माण गर्न आवश्यक रहेको औल्याउदै नगरको विकासमा जनप्रतिनिधि, कर्मचारीको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

नगर प्रमुख खरेलले नगरलाई समृद्धि बनाउनको लागि जनप्रतिनिधि, कर्मचारीको समन्वय, सहकार्य आवश्यक रहेको बताउदै सुशासन नगर बनाउनको लागि सवैले सहयोग गर्न आवश्यक रहेको औल्याउनु भयो । उहाले समृद्धि नगर बनाउनको लागि जनप्रतिनिधि, कर्मचारी संगै नागरिकको पनि उत्तिकै दायित्व रहेको बताउनुभयो।

नगर प्रमुख खरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आ–आफना भनाई राख्नु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको स्वागत, नगर प्रवक्ता गणेश डुम्रे र रमेश गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img