एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबिच खेल हुँदैछ। खेल हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । जारी आईपीएलमा हैदराबाद र मुम्बई दुबैको यो दोस्रो खेल हो । हैदराबाद र मुम्बई दुबै आफ्नो पहिलो खेलमा पराजित भएका थिए । हैदराबादलाई कोलकाता नाइट राइडर्सले चार रनले हराएको थियो । मुम्बईलाई भने गुजरात टाइटन्सले ६ रनले पराजित गरेको थियो ।
यी दुबै टोलीले आफ्नो पहिलो खेलमा ‘अवे’ मैदानमा हार भोगेका हुन् । मुम्बई इन्डियन्स आईपीएलको इतिहासमा सर्वाधिक सफल टोली हो । मुम्बई इन्डियन्सले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । हैदराबादले भने हालसम्म एकपटक मात्र उपाधि जित्न सकेको छ ।