spot_img
spot_img
spot_img

एसईई परीक्षामा देवदहबाट १ हजार ३ सय ७ परीक्षार्थी सहभागी

spot_img

देवदह। चैत १५ गतेबाट सुरु माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा देवदहबाट १ हजार ३ सय ७ जना परीक्षार्थी सहभागी हुने भएका छन्। जसमध्ये नियमित तर्फ १ हजार २ सय ७५ जना र ग्रेडवृद्धि तर्फ ३२ जना विद्यार्थी रहेको शिक्षा शाखाले जनाएको छ ।

एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा आजदेखि चैत २७ गतेसम्म चल्नेछ।

देवदह नगरपालिका भित्र रहेका एसईई परिक्षामा सहभागी २५ विद्यालय मध्य ३ वटा विद्यालयको परिक्षा केन्द्र देवदह भन्दा बाहिर परेको छ ।

देवदह १० को जनप्रीय मावि र सिता माविको परिक्षा केन्द्र बुटवल उपमहानगरपालिका स्थित जनता मावि र सिक्टहन माविको केन्द्र रोहिणि गाउँपालिका स्थित छिपागढ माविमा परेको छ ।

देवदहमै रहेका अन्य परिक्षा केन्द्रहरुमा देवदह मावि, महामाया भवानी मावि, सिक्टहन मावि र केरवानी मावि रहेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img