देवदह । रुपन्देहीको देवदहमा वडास्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ । स्वतन्त्र भूतपुर्वक सैनिक कल्याणकारी परिवारको आयोजना र देवदह नगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका वीच देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले उद्घाटन गर्नु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रवक्ता डुम्रेले खेलकुदको माध्यमबाट समाजमा रहेका नकरात्मक क्रियाकलाप अन्त्य गर्न सकिनेमा जोड दिनु भयो । उहाले खेललाई व्यवसायीक बनाउन सके खलबाट पनि जिविकोपार्जन गर्न सकिने बताउनु भयो । उहाले खेलको विकास संगै उत्पादीत खेलाडीको संरक्षणको लागि नगरपालिका नगरपालिका लागिरहेको बताउनु भया । प्रवक्ता डुम्रेले खेलको माध्यमबाट युवाहरुलाई सकारात्म बाटोमा लैजान सकिने सकिने बताउदै युवाहरु स्वदेशमै बसेर उत्पादन क्षेत्रमा जोडिन आवश्यक रहेको औल्याउनु भयो ।
स्वतन्त्र भूतपुर्वक सैनिक कल्याणकारी परिवार देवदहका अध्यक्ष विनोदकुमार गुरुङ्गको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष खडकबहादुर पुनको स्वागत र सचिव जयबहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा ज्योतिनगर टोल देवदह–६, विजयी भएको छ । उद्घाटन खेलमा सरनवारीलाई ३–१, को सेटमा हराउदै ज्योतिनगर टोल दोश्रो चरणमा प्रवेश गरेको छ । खेलको पहिलो सेटमा सरनवारीले २५–२३ मा जित्न सफल भएको थियो । तर त्यस पछिका सेटमा ज्योतिनगर टोलले २५–११, २५–१३, २५–१६ मा ३ सेट जित्न सफल भएको थियो ।