spot_img
spot_img
spot_img

लुम्बिनी ज्ञान निकेतनमा जेसीआई कञ्चनद्वारा ट्राफिक सचेतना कार्यक्रम

spot_img

रुपन्देही ।

जेसीआई कञ्चनद्वारा कञ्चन गाउँपालिका वडा नं. ५ स्थित लुम्बिनी ज्ञाननिकेतन माध्यमिक विद्यालयमा ट्राफिक सेचतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक सूर्यबहादुर शाही र ट्राफिक ईन्चार्ज तथा प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर पुनले ट्राफिक नियम तथा त्यसको पालना सम्बन्धी प्रशिक्षण दिनु भएको थियो।

प्रहरी निरीक्षक शाहीले ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिदै पछिल्लो समय किशोर किशोरीहरुद्वारा सामान्य ट्राफिक नियमहरूको समेत पालना नगर्दा दुर्घटनाहरु बढिरहेको बताउदै दुर्घटना न्युनिकरणका लागि बाइक तथा स्कुटर चलाउदा हेल्मेट र हेल्मेटको लक अनिवार्य लगाउनु पर्ने बताउनु भयो।

द्रुत गतिमा सवारी साधन चलाउदा दुर्घटनाको जोखिम बढी हुने भएकोले सावधानीपूर्वक बिस्तारै चलाउन अनुरोध गर्दै ट्राफिक इन्चार्ज पुनले विशेषगरी विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरूबाटै ट्राफिक नियमको उल्लंघन भइरहेका र दुर्घटना पनि तिनै समूहमा बढी भइरहेको उल्लेख गर्नु भयो।

कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी ज्ञान निकेतन माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकराज पौडेल गणेशले सडक पार गर्दा होस या सवारी साधन चलाउदा ट्राफिक नियमको पालना अनिवार्य रहेको बताउदै समय समयमा विद्यालयमा सचेतनामुलक कार्यक्रमको सञ्चालनले विद्यार्थीहरू सचेत हुने बताउनु भयो।
कार्यक्रमको अध्यक्षता गर्दै जेसीआई कञ्चन वर्ष २०२४ का अध्यक्ष धनपति ज्ञवाली (सन्देश)ले किशोर अवस्था देखि ४० वर्ष उमेर समूहका युवाहरूको नेतृत्व, व्यक्तित्व र उद्यमशीलताको विकाससँगसँगै समुदायमा देखा पर्ने विभिन्न विकृति र विसंगतिका विरुद्ध सचेत गराउन पनि विभिन्न साझेदार संस्थाहरूसँग समन्वय र सहकार्यगरी रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउनु भयो। विद्यार्थीहरूमा कितावी ज्ञानसँगै व्यवहारिक ज्ञानको समेत आवश्यकता पर्ने भएकोले जेसीआई कञ्चनले व्यवहारिक शिक्षा अन्तर्गत विद्यालयमा ट्राफिक नियमसम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष ज्ञवालीले बताउनुभयो।
कार्यक्रममा विद्यालययका प्रधानाध्यापक कृष्णप्रसाद शर्मा, ईलाका प्रहरी कार्यलय रुद्रपुरका प्रहरी निरीक्षक सूर्यबहादुर शाही लगायतले बोल्नु भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img