काठमाडौं ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कँदै हुनुहुन्छ । चीनको औपचारिक भ्रमणमा रहनु भएका श्रेष्ठ आज स्वदेश फिर्ता हुन लाग्नुभएको हो। भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा उहाँहरूबिच द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो ।
यसैगरि उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्नु भएको थियो । भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।
उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत १२ गते चीन भ्रमणमा जानु भएको थियो ।