काठमाडौं ।
नेपाल आयल निगमले पेट्रालको मूल्य प्रतिलिटर चार रुपैंयाले वृद्धि गरेको छ। भारतबाट मुल्य बढेर आएकोले गएरातिदेखि लागु हुनेगरि निगमले पेट्रोलको मुल्य बढाएको हो। मूल्य बढेसँगै काठमाडौं उपत्यका, पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ ।
सुर्खेत र दाङमा १७४ तथा झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, बुटवल, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ। डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूख्य भने हेरफेर भएको छैन। निगमका अनुसार नयाँ खरिद मुल्य अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको हो।
यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ। तर अहिले पनि एलपी ग्यासमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै निगमले मूल्य हेरफेर नगर्ने निर्णय गरेको हो।