एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा मंगलबार रोयल च्यालेन्जर्स बैंगलुरुले लखनउ सुपर जाइन्ट्सको सामना गर्दै छ । खेल बैंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियममा नेपाली समयअनुसार, राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा बैंगलुरुले आफ्नो चौथो खेल खेल्न लागेको हो । लखनउले भने तेस्रो खेल खेल्न लागेको हो । यसअघि दुई खेल खेलेको लखनउले एक जित र एक हारको नतिजा निकालेको छ । लखनउ दुई अङ्कसहित तालिकाको छैटौँ स्थानमा आसीन छ ।
रोयल च्यालेन्जर्स बैंगलुरुले भने यसअघि खेलिएको तीनमध्ये एक खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । दुई अङ्कसहित बैंगलुरु तालिकाको नवौँ स्थानमा छ । यी दुवै टोलीले हालसम्म आईपीएलको उपाधि जित्न सकेका छैनन् ।