काठमाण्डौ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पाण्डेले आज बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा पत्र बुझाउनु भएको छ । नेकपा माओवादी केन्द्रले गत फागुन २३ मा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डको सरकार अल्पमतमा परेको थियो ।
अल्पमतमा परेको सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान भएपनि मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिएर पदबाट राजीनामा दिनुभयो । २०८० वैशाख १५ गते उहाँ मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??