काठमाण्डौ ।
गर्मीयाम शुरु भएसँगै डेङ्गीको जोखिम पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्मीसँगै पानी पनि पर्न शुरु हुने भएकाले डेङ्गीको जोखिम बढ्ने बताउदै डेङ्गीको सङ्क्रमणबाट बच्न सचेतना अपनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
डेङ्गी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ, ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेमा डेङ्गी लाग्दछ ।
डेङ्गी हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेलगायत लक्षण देखा पर्ने भन्दै डाक्टर दाहालले लक्षण देखा परेमा तत्काल चिकित्सकको सल्लाह लिनु पर्दछ । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न पनि चिकित्सकले अनुरोध गरेका छन ।
२००६ देखि डेङ्गीको सङ्क्रमण देखिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।