spot_img
spot_img
spot_img

देवदहको रोहिणी नदि सिंचाई ड्यामबाट नदिजन्य पदार्थ उत्खनन गरिने

spot_img

रुपन्देही ।

रुपन्देहीको देवदह नगरपालिका डा नं. ३ र तिलोत्तमा नगरपालिका वडा नं. ११ को सिमाना क्षेत्रमा रहेको रोहिणी नदिमा अवस्थित सिंचाई प्रयोजनार्थ निर्मित रोहिणी नदि सिंचाई ड्यामबाट नदिजन्य पदार्थ उत्खनन गरिने भएको छ । नगर स्तरिय प्राकृतिक स्रोत अनुगमन तथा व्यवस्थापन समितिका संयोजक नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षतामा बैठक बसी रोहिणी नदि सिंचाई ड्यामबाट नदिजन्य पदार्थ उत्खनन गरिने बारे जानकारी गराइएको हो।

देवदह ३ र तिलोत्तमा ११ को सिमाना क्षेत्रमा रहेको रोहिणी नदिमा अवस्थित सिंचाईका लागि निर्मित ड्याममा निरन्तर रुपमा भस्कट जम्मा भई वर्षाको समयमा नदीको बहाव परिवर्तन भएर बस्तीमा पसेर हुन जाने विपदजन्य क्षतीको सम्भावनालाई न्युनिकरण गर्न उक्त ड्याम क्षेत्रमा भएको प्रारम्भिक वातावरणिय परिक्षण प्रतिवेदन (IEE), प्राविधिक प्रतिवेदन तथा स्थानीयको गुनासो समेतलाई ध्यानमा राखी उक्त क्षेत्रमा प्रारम्भिक वातावरणिय परिक्षण प्रतिवेदन र प्राविधिक प्रतिवेदनले तोकिएको ५८५००.०० घनमिटर भस्कट प्रचलीत कानून बमोजिमको राजश्व लिई बुटवल- नारायणघाट सडक परियोजनालाई ( राष्ट्रिय गौरवको आयोजनालाई दिने गरि उत्खनन गर्न लागिएको देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले बताउनुभयो।

उत्खनन् कार्यलाई व्यवस्थित, मर्यादित, पारदर्शी र वातावरणमैत्री बनाउन देवदह नगरपालिकाको नदिजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७७ पहिलो संसोधन २०७९ सहित को दफा १२ को व्यवस्था बमोजिम नगर प्रमुखको संयोजकत्वमा रहेको प्राकृतिक स्रोत अनुगमन तथा व्यवस्थापन समितिलाई पुर्ण रुपमा परिचालन गर्ने बताइएको छ।

त्यस्तै वडा नम्बर ३ को वडा अध्यक्ष यज्ञ प्रसाद अर्यालको संयोजकत्व र कार्यपालिका सदस्य टिकिसरा सुनार सह संयोजक रहेको
वडा स्तरिय अनुगमन समिति गठन गरि नदिजन्य पदार्थ व्यवस्थित ढंगले उत्खनन गरिने नगर प्रमुख खरेलले जानकारी दिनुभयो।

देवदह नगरपालिकाको नदिजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७७ (पहिलो संसोधन २०७९ सहित) को दफा १३ अनुसारको वडा स्तरीय अनुगमन समितिले रोहिणी ड्याम क्षेत्रमा हुने उत्खनन् कार्यको निगरानी तथा अनुगमन दैनिक रुपमा गरि सोको अभिलेख नगर स्तरीय प्राकृतिक स्रोत अनुगमन तथा व्यवस्थापन समितिलाई अनिवार्य रुपमा बुझाउनु पर्ने, उत्खनन् कार्य अवधीभर खटिने सम्पुर्ण अनुगमन तथा व्यवस्थापनमा रहने जनप्रतिनिधी, कर्मचारी तथा अन्य समितिका सदस्यहरुको पुर्ण रुपमा सुरक्षाको प्रत्याभूती गर्ने कार्य स्थानीय प्रशासन र नगर प्रहरीको उच्च प्राथमिकतामा राख्ने साथै सो समयमा सो क्षेत्रमा हुन सक्ने अवैध चोरी निकासी जस्ता विषयलाई पुर्ण रुपमा रोक्न प्रभावकारी योजना सहितको सुरक्षा प्रवन्ध स्थानीय प्रशासनले मिलाउने देवदह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो।

बैठक देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नगर प्रबक्ता गणेश डुम्रे, वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्याल, जनप्रतिनिधि,कर्मचारी, सुरक्षा निकाय, सामुदायिक बनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img