काठमाडौं ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएकाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्री चौधरीलाई विश्वासको मत लिनुपर्ने भएको हो ।
चौधरी गत वैशाख १४ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक आज दिउँसो ४ बजेका लागी बोलाइएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??