spot_img
spot_img
spot_img

सन् २५३१ सम्म सबै जापानीको एउटै थर ‘सातो’ बन्न सक्ने : अध्ययन

spot_img

एजेन्सी ।

विवाहसम्बन्धी कानुन परिवर्तन नगरिए भविष्यमा जापानका सबै व्यक्तिको थर एउटै हुन सक्ने एक अध्ययनले देखाएको छ । यद्यपि, जापानमा घट्दो विवाहको दर र जनसङ्ख्याले भने यस ट्रेन्डमा रोकावट बन्न सक्ने बताइएको हो । जापानमा अझै पनि विवाहित दम्पतीले एउटै थर राख्नुपर्ने प्रावधान रहेको छ । सामान्यता जापानी पत्नीले आफ्नो पतिको थर आफ्नो नाममा समावेश गर्छिन् ।

समलिङ्गी विवाहलाई जापानमा अझै मान्यता दिइएको छैन । यदि यो नियम जारी रह्यो भने सन् २५३१ सम्ममा सबै जापानी नागरिकको थर ‘सातो’ बन्ने तोहोको विश्वविद्यालयका अर्थशास्त्री हिरोशी होसिडाको भनाई छ । जापानको थरहरूको रेकर्ड राख्ने कम्पनी म्योजी युराईका अनुसार जापानमा रहेका ३ लाखभन्दा बढी थरमध्ये सातो जापानको सबैभन्दा चर्चित थर हो ।

जापानको १२।५ करोड जनसङ्ख्यामध्ये १८ लाख जनाको थर सातो रहेको छ । दोस्रो स्थानमा सुजुकी र तेस्रो स्थानमा ताकाहासी रहेको छ । अर्थशास्त्री हिरोशीले आफ्नो अध्ययनको निष्कर्ष सोमबार सार्वजनिक गरेका थिए । तर, आफ्नो प्रक्षेपण सफल हुनका लागि हाल जापानको घट्दो विवाहको दरको समस्या समाधान हुनुपर्ने बताएका थिए । सन् २०२३ मा विवाहको दर ६ प्रतिशतले घटेको थियो भने सम्बन्धविच्छेदको दर २.६ प्रतिशतले बढेको थियो ।  –सीएनएन

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img