काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्ररचण्डले संघीयताको सुदृढीकरणका लागि सरकारले ठोस पहल गरेको बताउनुभएको छ । आज बिहीवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीयता सुदृढीकरणका लागि सरकारले ठोस पहल गरिरहेको बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले कार्य विस्तृतिकरण, राजश्व बाँडफाँट तथा संरचनामा देखिएको दोहोरोपना लगायतका अस्पष्टता र समस्या हल गर्न नीतिगत सुधारको प्रक्रिया अन्तिम चरणमा रहेको बताउनुभयो । उहाँले संघीयता कार्यान्वयनका लागि विद्यमान समस्याहरु हल गर्ने ठोस पहलहरु भइरहेको पनि बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??