spot_img
spot_img
spot_img

माओवादीका जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

spot_img

काठमाडौं ।

माओवादी केन्द्रका जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । एमाले लगायतका दलहरुको समर्थनमा सरकार गठनको दाबी पेश गरेका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । नेपाली काँग्रेसबाट मुख्यमन्त्री भएका डिल्लीबहादुर चौधरीले हिजो राजीनामा दिएपछि महराले आज बिहान ४८ सांसदको हस्ताक्षर पेश गर्नुभएको थियो । मुख्यमन्त्री महराको शपथ ग्रहण आगामी आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img