रुपन्देही ।
रुपन्देही विद्युतीय व्यवसायी संघ, देवदह नगर समितीले नयाँ वर्ष -२०८१ सालको भित्तेपात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
देवदह व्यापार संघको सचिवालय भवनमा आयोजित नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता गणेश डुम्रेले भित्तेपात्रोको बिमोचन गरेका थिए। नगर प्रवक्त डुम्रेले आउदै गरेको नयाँ वर्षको शुभकामना दिदै सबै व्यापारीहरुलाई व्यावसायिक हकहितका लागि संस्थाले काम गरोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा रुपन्देही बिद्युत व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष सान्त राज खराल, देवदह व्यापार संघका वरिष्ठ उपाध्यक्ष माधव ढकाल, लगाएत बिद्युत व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम विद्युतीय व्यवसायी संघ , देवदह नगर समितीको अध्यक्षमा होमनाथ ढकाल अध्यक्षता, र संस्थाका सचिव धन बहादुर जर्घाको संचालनमा भएको थियो।