काठमाण्डौ ।
नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ । सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आज तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला एक हजार६ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ६ सय ७० निर्धारण गरिएको छ ।