रुपन्देही ।
रुपन्देहीको देवदह नगरपालिका वडा नं ८ मा क्षमता विकास तथा उद्घोषण तालिम सुरु भएको छ । वडामा रहेका टोल विकास संस्था तथा आमा समूहका पदाधिकारीहरुको क्षमता विकासका लागि वडा कार्यालयको आयोजनमा उद्घोषण तालिम सुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता गणेश डुम्रेले वडाको विकासको लागि टोल विकास र आमा समुहहरुको महत्त्वपूर्ण भुमिका हुने भएकाले टोल विकास संस्था र आमा समुहको क्षमता विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाले सबैलाई सफा र समृद्ध वडा विकासमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
तिन दिनसम्म सञ्चालन हुने तालिममा ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ। तालिममा उद्घोषणकला, व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धी विषयमा सिकाइने छ। तालिमको ईन्दिरा अर्याले सहजीकरण गर्नुभएको छ । कार्यक्रम देवदह नगरपालिका वडा नं ८ को कार्यवाहक अध्यक्ष रेशम बहादुर पुनको अध्यक्षता, वडा सदस्य झबिन्द्र कुमारी विकको स्वागत र वडा सचिव सनम परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।