spot_img
spot_img
spot_img

अब एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने श्रममन्त्री अर्यालको भनाई

spot_img

काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताउनुभएको छ । श्रममन्त्री अर्यालले अनलाइनबाट सही तरिकाले कागजात पेश गरेको २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्नसक्ने अवस्था भएको तर प्रविधिका समस्या, प्रणाली, विद्युत र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिन सकिने बताउनुुुभएको हो ।

उहाँले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले सम्पूर्ण कागजहरु अनलाइनबाट पेश गरी प्रक्रिया पूरा गरे एक घण्टामा श्रमिकको मोबाइलमा नै श्रम स्वीकृती पाउनसक्ने जानकारी गराउदै सेवा दिनका लागि सरकारले आवश्यक प्रविधि र सफ्टवयेरमा समेत सुधार गरिरहेको बताउनुभयो ।

मन्त्री अर्यालले अहिले दुई सिप्टमा काम भइरहेको भन्दै अब बिहान १० देखि ५ बजेसम्म काम गर्ने वातावरण बनाउने बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img