काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धि विधेयक संसदमा दर्ता गर्न लागिएको जानकारी दिनुभएको छ। आइतबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै मन्त्री शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको जानकारी दिनुभएको हो । उहाँले सो विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको बताउनुभयो ।
मन्त्री शर्माले मिडिया काउन्सिल विधेयक नै आउन लागेपछि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा प्रेस काउन्सिल नेपालसँग सम्बन्धित दफाहरुमा कुनै निर्णय गर्न आवश्यक नभएको बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??