spot_img
spot_img
spot_img

भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा सात नेपालीको मृत्यु

spot_img

काठमाण्डौ ।

भारतको नैनीताल क्षेत्रमा सवारी दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ । नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा गाडी खस्दा सात नेपालीको मृत्यु भएको भारतीय मिडिया वान इण्डियाले उल्लेख गरेको छ। वान इण्डियाका अनुसार दुर्घटनामा आठ जनाको मृत्यु भएको छ, जसमा सात नेपाली रहेका छन् । दुर्घटना सोमबार राती साढे १० बजे भएको हो । भारतीय चालक राजेन्द्र कुमारले चलाएको सवारी २०० मिटर मुनी खसेको थियो । अन्धकार तथा गहिरो खोँचका कारण उद्धारमा ढिलाइ भएको थियो ।

बेतालघाटको जल जीवन परियोजनामा जोडिएकाहरूको मृत्यु भएको बताइएको छ । मृत्यु भएका नेपालीहरू ५० वर्षका बिसराम, ४५ वर्षका धिरज, ४० वर्षका अनन्तराम चौधरी, ३८ वर्षका विनोद चौधरी, ५५ वर्षका उदयराम चौधरी, ४५ वर्षका तिलकराज चौधरी, ६० वर्षका गोपाल छन् ।

दुर्घटनामा दुई नेपालीहरू शान्ति चौधरी र छोटु चौधरी घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै नेपालीहरू भारतको जल जीवन परियोजनामा काम गर्ने मजदुरहरू भएको बताइएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img