काठमाण्डौ ।
ईस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरेर आज इद उल फित्र मनाएका छन । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अङ्गालो हालेर आत्मियता साट्ने गर्छन् । इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ ।
इद उल फित्रको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । यसवर्ष हिजो बुधवार आकाशमा चन्द्रमा नदेखिएका कारण ईदको अन्तिम दिन आज बिहीवार सार्नु परेको मुस्लिम धर्मावालम्बीको भनाइ छ ।