spot_img
spot_img
spot_img

जर्मनीमा आईटी विशेषज्ञको अभाव सन् २०४० सम्ममा चौगुणा पुग्ने ‘बिटकम’ काे चेतावनी

spot_img

काठमाण्डौ ।

नीति निर्माताहरूले उचित प्रतिकार्य उपायहरू नगरे जर्मनीको सूचना प्रविधि (आईटी) क्षेत्रमा दक्ष कामदारको अभाव सन् २०४० सम्ममा चार गुणा बढेर छ लाख ६३ हजार पुग्ने उद्योग सङ्घ ‘बिटकम’ ले चेतावनी दिएको छ ।

बिटकमका अनुसार पछिल्लो पाँच वर्षमा सूचना प्रविधि क्षेत्रमा दक्ष कामदारको अभाव उल्लेख्य रूपमा बढेको छ भने अघिल्लो वर्ष झण्डै एक लाख ४९ हजार रोजगारी रिक्त रहेको छ । यो सङ्ख्या पाँच वर्षअघिको तथ्याङ्कको तुलनामा झण्डै दोब्बरले बढेको छ भने विद्यालय, प्रशासन र वैज्ञानिक संस्थासहित विभिन्न संस्थामा आईटी–केन्द्रित धेरै पदहरू खाली रहेका छन् ।

बिटकमका अध्यक्ष राल्फ विन्टरगर्स्टले आईटी विशेषज्ञहरूको अभावले जर्मनीको डिजिटल भविष्यलाई खतरामा पार्न सक्ने बताउनुभएको छ । सङ्घको प्रतिवेदनले सन् २०४० सम्ममा देशमा तीन लाख २१ हजार आईटी विज्ञको परिपूर्ति गर्ने उद्देश्यले विदेशबाट दक्ष कामदारको भर्ती बढाउन सुझाव दिएको छ । जर्मनीमा बुढ्यौली समाजले गर्दा दक्ष कामदारको अभावलाई बढाएको छ र यो विभिन्न पेसामा फैलिएको छ ।

सन् २०२३ मा सरकारले विदेशबाट दक्ष कामदारहरूको भर्ती गर्न व्यापक उपायका साथ नयाँ कानुन पारित गरेको छ । यसमा रोजगारी अध्यागमनका लागि कम तलब आवश्यकता, छिटो प्रक्रिया र प्रतिभाशाली र अनुभवी विशेषज्ञहरूका लागि श्रम बजारमा सजिलो पहुँच समावेश गरिएको छ । – एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img