काठमाण्डौ ।
सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज सोमबार बिहान ११ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्ने जनाइएको छ ।
आज बस्ने बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै सांसदका काम कारवाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने भन्ने बारेमा र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुने जनाइएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??