spot_img
spot_img
spot_img

दुबईमा ‘क्लाउड सिडिङ’ गरेको होइन : यूएई सरकार

spot_img

एजेन्सी ।

मंगलबारदेखि भारी वर्षाका कारण दुबई डुबानमा परेको छ । यसैबिच क्लाउड सिडिङ गरेर कृत्रिम वर्षा गराइएको खबरहरूको संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको मौसम विभागले खण्डन गरेको छ । मंगलबार यूएईमा भारी वर्षा हुनु अघि आफूहरूले क्लाउड सिडिङका लागि पाइलटहरू नपठाएको विभागको भनाइ छ ।

मंगलबार अल इनमा २५० एमएमभन्दा बढीको वर्षा भएको विभागले बताएको छ । दुबईमा भने १०० एमएमभन्दा धेरैको वर्षा भएको थियो । यूएईमा वर्षभरमा १४० देखि २०० एमएमसम्मको वर्षा हुने गरेको छ । मंगलबार अमेरिकी पत्रिका ब्लुम्बर्गले क्लाउड सिडिङका कारण दुबईमा बाढी खराब बन्दै गएको भन्दै खबर छापेको थियो ।

समाचारमा मौसमविद् अहमद हबिबले मंगलबारको वर्षाको कारण आंशिक रुपमा क्लाउड सिडिङ पनि भएको बताएका थिए । तर पछि हबिबले सीएनबीसीसँगको कुराकानीमा नियमित प्रोटोकलअनुसार ६ पाइलट पठाइएको भए पनि क्लाउड सिडिङ नभएको बताए ।

यूएईले पानीको अभाव कम गर्न वर्षाको स्तर बढाउन क्लाउड सिडिङ पद्दतिको प्रयोग गर्दै आएको छ । सन् १९९० को दशकमा यो मिसन सुरु गरिएयता बर्सेनि १ हजार घण्टा भन्दा बढी क्लाउड सिडिङ गरिँदै आएको छ । भारी वर्षा हुने भनेर आफ्नो सिस्टमले ट्र्याक गरेको भए पनि सो अवधिमा क्लाउड सिडिङ नगरेको युएईको भनाइ छ । आँधीबेहरी र बाढी प्राकृतिक वर्षासँगै आएको उसको भनाइ छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img