एजेन्सी ।
जापानको पश्चिमी तटीय शिकोकु टापुमा बुधबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ बजेर १४ मिनेट जाँदा गएको भूकम्पपछि सुनामीको खतरा भने नरहेको जानकारी दिइएको छ । हालसम्म भूकम्पपछि कुनै पनि भौतिक क्षति वा घाइते भएको कुनै पनि रिपोर्ट प्राप्त नभएको जापान टाइम्सको समाचारमा उल्लेख छ ।
भूकम्पको केन्द्रविन्दु सिकोकु र क्यूसो टापुको बिचमा जमिनको सतहभन्दा ५० किलोमिटर तल रहेको थियो । भूकम्पको धक्का जापानको पश्चिमी क्षेत्रको धेरै भागमा महसुस गरिएको थियो । एनएचेको रिपोर्टमा भूकम्पले इकाटा परमाणु प्लान्टमा पनि कुनै समस्या नदेखिएको बताइएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??