काठमाण्डौ ।
आज पनि बालबालिकालाई भिटामिन ए खुवाइँदैछ ।हिजो र आज शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम संचालन गरेको हो । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ।
भिटामिन ए क्याप्सुल ३२ लाख र जुकाको औषधि करिव २९ लाख बालबालिकालाई खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सरकारले बालबालिकालाई २०५० सालदेखि भिटामिन ए खुवाउँदै आएको छ भने २०५६ सालदेखि जुकाको औषधि पनि नियमित रुपमा खुवाउन थालेको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??